बागमती प्रदेश सरकारको बजेट ६४ अर्ब ५४ करोड

जनपत्र
२ असार २०८१, शनिबार १९:५१

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब रुपैयाँ भन्दा धेरैको बजेट संसदमा आज साँझ प्रस्तुत गरेका हुन् । धेरैजसो बजेट पुँजीगत खर्च र अरु बजेट चालु खर्चका लागि छुट्याइएको छ।

जसमध्ये चालुतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैंया अर्थात ४०.४४ प्रतिशत, पूँजिगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार अर्थात ५७.२३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड अर्थात २.३२ प्रतिशत बजेट विनियोजन भएको छ ।

विनियोजित बजेट कार्यान्वयनका लागि कर राजस्वबाट २७ अर्ब ३८ करोड ५७ लाख, अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ५७ करोड ५६ लाख र चालु आवको अनुमानित संचित कोष रकम र अन्य प्राप्तीबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार व्यहोर्ने अनुमान गरिएको छ ।

प्रदेश सरकले चालु आर्थिक वर्षको तुलनमा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकरले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*