हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीद्वारा पदभार ग्रहण
हेटौंडा । हेटौंडा सिमेन्ट उद्योगका नवनियुक्त अध्यक्ष नरेन्द्र भण्डारीले आज पदभार ग्रहण गरेका छन् । सिमेन्ट उद्योगमा नयाँ अध्यक्ष आएसंगै यहाँका धेरै खालका समस्या समाधान हुनेमा मजदुरहरु आसावादी भएका छन् ।
आज हेटौंडा सिमेन्ट उद्योगमा युवा अध्यक्ष भण्डारीले पदभार ग्रहण गरेपछी यहाँका धेरै समस्याहरु मन्त्रालय सम्म पुर्याउने र नयाँ प्रबिधिको जडान गरेर निजी लगानीका सिमेन्ट उद्योगसंग सहज रुपमा प्रतिस्पर्धा गर्न सक्नेगरी काम थाल्ने तयारी पनि भएको छ ।
पदभार ग्रहण गर्दै अध्यक्ष भण्डारीले उद्योगमा विभिन्न समस्या भएपनि समाधान गर्न सकिने बताए । ‘विगत तीन/चार बर्षमा भएकाे कमिकमजाेरी पहिल्याउने छौ’ भण्डारीले भने ‘ समाधानको अल्पकालिन र दिर्घकालिन बाटो तय गरिने छ ।’ कामकाे सिलसिलामा आउने कमेन्टहरु सकारात्मक रुपमा आए सहज र उपयुक्त वातावरण सिर्जना गरि उत्पादनलाई बजारमा व्यवस्थापन गरिने उनले बताए ।
महाप्रवन्धक वसन्त कुमार पाण्डेले उद्योगको अवस्था राम्राे नभएको बताउदै आन्तरिक स्राेतबाट उद्योग संचालन हुने अवस्था नरहेकाे भनाई व्यक्त गरे । उनले सरकारकाे उचित निर्णय र सहयाेग आवश्यक रहेको बताए । ‘उद्योगबाट अवकाश भएका कर्मचारीकाे उपादान दिन सकिएको छैन’ उनले भने ‘अर्थ मन्त्रालयसम्म पहल गरिएकाेमा कम्तिमा दुई बर्षका लागि समस्या अस्थायी रुपमा समाधान हुन सक्ने छ ।’ उद्योगकाे समस्या टुङ्गिने वातावरण बन्ने तर नटुङ्गिने गरि क्रियाकलाप भैरहेकाेले उद्योग हालको अवस्थामा रहेको उनले बताए ।







