तीन दिनसम्म घटबढ नभएकाे सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

जनपत्र
३० जेष्ठ २०८१, बुधबार १४:१५

काठमाण्डौ – लगातार तीन दिनसम्म घटबढ नभएकाे सुनको भाउ आज भने छ सय रुपैयाँले बढेको छ ।

आज सुन छ सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तीन दिनयता सुनको भाउ स्थिर रहेर एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*