शान्ति प्रक्रियाको बाँकी काम अबिलम्ब टुंग्याउनुपर्छ : सांसद सिटौला

जनपत्र
२२ जेष्ठ २०८१, मंगलवार १५:००

काठमाडौं। नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सिटौलाले शान्ति प्रक्रियाको बाँकी कामहरु अविलम्व टुंग्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ म सरकारको ध्यान आकृष्ट गराउन चाहान्छु, यो विषयलाई मूल प्राथमिकताको आधारमा सरकारले यसलाई टुंग्याउनका लागि प्रयास गरोस् । यसमा प्रतिपक्षमा रहेका जतिपनि हामीहरु छौँ, रचनात्मक सहयोग गर्न चाहन्छौँ । गहिराईमा पुगेर, फेरि पनि नबल्झिने गरी यसलाई टुंग्याउनुपर्छ । ‘

उनले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरुले अझैपनि न्याय नपाएका भन्दै उनीहरुलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*