मुसामाथि ग्रिन टीको प्रयोगः यस्तो आयो नतिजा

जनपत्र
५ आश्विन २०७६, आईतवार ०६:३२

आजभोलि नेपालमा पनि ग्रिन टी पिउने प्रचलन बढिरहेको छ । आमरुपमा भनिन्छ– ग्रिन टिले मोटोपनालाई कम गर्न सहयोग गर्छ । यति मात्र होइन, ग्रिन टिका कारण स्वास्थ्यमा पनि राम्रो सुधार देखिने दाबी गरिएका हुन्छन् । केही समयअघि वैज्ञानिकको एक समूहले गरेको अध्ययनले यसको पुष्टि पनि गरेको छ ।

पत्रिका न्युट्रिसनल बायोकेमेस्ट्रीमा प्रकाशित भएको अध्ययनअनुसार ग्रिन टी सेवन गर्नेको तौल घट्छ । यसको अध्ययनका लागि दुई मुसा प्रयोग गरिएको थियो । एउटा मुसालाई खानामा दुई प्रतिशतमात्र ग्रिन टी दिइएको थियो । केही दिनमा नै के पाइयो भने जुन मुसालाई ग्रिन टी दिइएको थियो, उसको वजन घट्दो थियो र स्वास्थ्य पनि राम्रो हुँदै थियो । यसलाई नै आधार मानेर वैज्ञानिकहरुले ग्रिन टी फाइदाजनक हुने बताएका हुन् ।

अध्ययनको क्रममा के पनि पाइयो भने यो समयमा ग्रिन टी दिइएको मुसाको शरीरमा खासै समस्या देखिएन, उसको शरीरमा राम्रा र फाइदाजनक ब्याक्टेरिया बढ्दै गए । उसको पाचन प्रक्रिया पनि राम्रो भयो । तर, अर्को मुसामा त्यस्तो परिवर्तन केही देखिएन ।

त्यसैले वैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने ग्रिन टीमा हुने केटचिन्सले शरीरमा चिनीको मात्रा कम गर्ने मात्र होइन, हृदयघातको समभावना कम गर्ने र कलेजोलाई स्वास्थ्य बनाउने काम पनि गर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*