बजेटको समर्थनमा बोले कांग्रेस उपसभापति गुरुङ

जनपत्र
२१ जेष्ठ २०८१, सोमबार १४:१२

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सरकारको आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सकारात्मक भएको टिप्पणी गरेका छन् ।

बजेटले राखेको १२ खर्ब ६० अर्ब राजश्व उठाउने लक्ष्य सहजै भेटाउन सकिने भन्दै उनले औषधि प्रयोजनका लागि गाजा खुला, घरेलु मदिरा बिक्री गर्ने कानुनी व्यवस्था, जडिबुटी खेती र गैरकानुनी कारोबार नियन्त्रण गर्ने हो भने १९ खर्ब राजस्व उठाउन सकिने हिसाब सुनाए ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सामान्य छलफलमा बोल्दै बजेटले केही नयाँ कार्यक्रम र आइडिया ल्याएको बताए । १४ मिनेट समय पाएका सांसद गुरुङले बजेटका कार्यक्रमहरुको आलोचना गरेनन् । केबल राजस्व बढाउनतिर नलागेर ऋण लिनु बेठीक भएको बताए ।

‘ऋण लिएर घिउ खाने बानी अन्त्य गर्नुपर्छ, ऋण लिएर भैंसी किन्नुपर्छ’, उनले भने । भैंसी किनेपछि दूध, दही मही सबै खान पाइने भन्दै कांग्रेस उपसभापति गुरुङले राजस्व वृद्धिमै जोड दिनुपर्ने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*