बजेटमाथिको छलफल वाक्क लागेर निदाएछु : चित्रबहादुर केसी

जनपत्र
२१ जेष्ठ २०८१, सोमबार १३:५५

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन् ।

प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने तर प्रस्तुत बजेटमा कुनै परिवर्तन नहुने प्रवृति रहेको उल्लेख गर्दै उनले थपे, ‘यो छलफलको औचित्य त्यति लाग्न छोड्यो । म त आज यही छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन् । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’

सरकारले समाजवादउन्मुख बजेट ल्याएको भनेको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*