एमाले मकवानपुरको नेतृत्व चयनका लागि मतदान हुँदै, अध्यक्षमा ४ जना प्रतिस्पर्धी

जनपत्र
२० जेष्ठ २०८१, आईतवार १२:४२

हेटौंडा । नेकपा एमाले मकवानपुरको १२औं अधिवेशनअन्तर्गत् आज आइतबार नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

१ बजेदेखि मतदानको तयारी गरिरहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्ष पदका लागि शनिबार ६ बजेभित्र ५ जनाको उम्मेदवारी परेको थियो । रघुनाथ खुलाल, श्रीधर पोखरेल, इन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालले मनोनयन दर्ता गराएका थिए ।

आइतबार रघुनाथ खुलालले अध्यक्षबाट उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका सुजन तिमल्सिनाकाअनुसार खुलालले उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन समितिले बिहान ९ बजेभित्र उम्मेदवारी फिर्ताका लागि समय सीमा तोकेको थियो ।

एमाले मकवानपुरको अध्यक्षमा अब चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ । पोख्रेल, थापा, स्याङ्तान र रिमालको उम्मेदवारी कायम छ ।

श्रीधरलाई कृष्ण दाहालले समर्थन गरेका छन् । स्याङ्तानलाई पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज देवी ज्ञवालीको उम्मेदवारका रुपमा हेरिएको छ ।.

अनलाइनखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*