अमेरिकी भिसाका लागि सन्दीपले आज फेरि अन्तर्वार्ता दिने

जनपत्र
१७ जेष्ठ २०८१, बिहीबार १५:२६

काठमाडौं । टी-२० विश्वकप खेल्न अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेले दिएको भिसा आवेदन अस्वीकार गरेको अमेरिकी दूतावासले फेरि उनलाई अन्तर्वार्तामा बोलाएको छ ।

दूतावासले बिहीबार अपराह्न लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

बलात्कार मुद्दामा हालै उच्च अदालतबाट सफाइ पाएसँगै सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो ।

तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*