माधव नेपालको दोहोरो भूमिकाले सुदूरपश्चिम सरकार विस्तार हुन सकेन : मन्त्री भण्डारी
धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।
धनगढीमा आज पत्रकारसँग कुरा गर्दै भण्डारीले माधव नेपालले सत्तामा रहेर कांग्रेलगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको बताउँदै उनको यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए ।







