एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन आयोजक समितिको अन्तिम बैठक

जनपत्र
१६ जेष्ठ २०८१, बुधबार १९:५९

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टि (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन आयोजक समितिको अन्तिम बैठक आज समपन्न भएको छ । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतथा तथा नेकपा एमाले पोलिट व्युरो सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्र्ज देबी ज्ञावलीको प्रमुख आतिथ्यतामा भएको बैठक भएको हो । बैठकमा केन्द्रिय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, केदार न्यौपाने, बागमति प्रदेश कमिटी सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।

बैठकले जिल्ला अधिबेशनमा पेश गरिने सांगठनिक तथा आर्थिक प्रतिबेदन, र मकवानपुर जिल्लालाई कस्तो वनाउने भन्ने तथ्य सहितको खाका समेतलाई पारित गरिएको जिल्ला सम्मेलन प्रचार कमिटीका संयोजक धुर्ब प्रसाद चौलागाईले बताउनुभयो । जिल्ला सम्मेलनमा बिधान बमोजिम मनोनित गर्न पाउने ३७ जना प्रतिनिधीहरु समेत चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*