मकवानपुरको बकैया र बागमतीमा जिल्लामै धेरै बेरुजू

हेटौंडा । मकवानपुर जिल्लाको पूवी क्षेत्रमा रहेका दुइ गाउँपालिकामा जिल्लामै सबै भन्दा धेरै बेरुजू रहेको पाइएको छ । मकवानपुरमा सबैभन्दा बढि बेरुजू बकैया गाउँपालिकाको रहेको छ ।
बकैयाको कुल लेखापरीक्षण रकमको २.९३ प्रतिशत बेरुजू कायम भएको छ । बागमती गाउँपालिकाको २.११ प्रतिशत बेरुजू कायम भएको प्रतिवेदनमा उल्लेख छ ।
मकवानपुर जिल्लामै सबैभन्दा कम बेरुजू भएको पालिका इन्द्रसरोवर गाउँपालिकाको भएको छ । महालेखा परीक्षकको कार्यालयले १३ जेठमा राष्ट्रपतिलाई बुझाएको ६१ औं प्रतिवेदनमा यस्तो पाइएको हो ।
इन्द्रसरोवर गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को बेरुजू ०.२४ प्रतिशत मात्र कायम भएको छ । इन्द्रसरोवरपछि थाहा नगरपालिकाको बेरुजू ०.६३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाको १.८८ प्रतिशत, कैलाश गाउँपालिकाको १.४७ प्रतिशत, भीमफेदीको १.१३ प्रतिशत, मकवानपुरगढीको ०.७८ प्रतिशत, मनहरीको १.४२ प्रतिशत, राक्सिराङको १.५० प्रतिशत रहेको छ ।
यो प्रतिवेदनमा उल्लेख भएको बेरुजू आर्थिक वर्ष २०७९/०८० को मात्र हो । पालिका अनुसारको विस्तृत लेखापरीक्षण प्रतिवेदन हालसम्म महालेखापरीक्षकको कार्यालयले वेवसाइटमा अद्यावधिक गरिसकेको छैन ।