कांग्रेसले प्रस्ताव गरेको संसदीय समितिको कार्यादेशमा के छ ?

जनपत्र
११ जेष्ठ २०८१, शुक्रबार १३:०३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाउने संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिले पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्न समय मागेपछि बैठक स्थगित भएको छ । छिट्टै कार्यदलको बैठक बसेर सहमति खोज्ने नेताहरूले बताएका छन् ।

सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै कांग्रेस लगातार संसद् अवरुद्ध गर्दै आएको छ । ५ जेठमा संसदीय समिति बनाउने सहमति गरेका प्रमुख दलका शीर्ष नेताहरूले कार्यादेश बनाउन कार्यदल बनाएका थिए ।

कार्यदलमा सत्तारुढ दलहरूले समस्याग्रस्त सहकारीहरूको अध्ययन गरेर सरकारलाई सुझाव दिने कार्यादेश प्रस्ताव गरेका छन् । कांग्रेसले भने रास्वपा सभापति लामिछाने गृहमन्त्री भएपछि सूर्यदर्शन लगायतका सहकारीको छानबिन रोकिएकाले नाम नै उल्लेख गरेर जानुपर्ने बताएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*