हेटौंडा–१८ मा ३ लाख नगद, १ तोला सुन लगायतका सामान चोरीको आरोपमा एक जना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ का गोपि थापाको घरको झ्याल फुटाई कोठा भित्र रहेको कोठाको नगद रकम, गरगहना सहितका सामान चोरीको आरोपमा एक जनालई प्रहरीले पक्राउ गरेको छ ।
थापाको घरमा दराजबाट नगद तीन लाख, सुन १ तोला, मोबाईल १ थान, हाते घडी थान -२ चोरी भएको भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चोरीको आरोपमा प्रहरी चौकी ठुलोदमारमा लिखित निबेदन प्राप्त भएपछी हेटौडा १८ बस्ने १७ वर्षिय नबिन खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चेकजाँच गर्दा उनको साथबाट नगद र लागूऔषध समेत फेला पारिएको प्रहरीको भनाइ छ ।







