बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडाले जित्यो

जनपत्र
२७ बैशाख २०८१, बिहीबार ०५:५२

हेटौंडा । प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडा महानगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ ले हरायो ।

प्रतियोगितामा महाँकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो हुनुभयो । उपाधि विजेताले तीन लाख, उपविजेताले दुई लाख तथा तेस्रो हुनेले एक रुपियाँ पुरस्कार पायो ।

थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै सुजन चोखाल उत्कृष्ट सेटर, राजन दर्लामीमगर उत्कृष्ट लिबरो घोषित हुनुभयो ।

महाँकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर हुनुभयो । हेटौँडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक हुनुभयो । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गर्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानले  प्रतियोगिता सञ्चालन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*