आमिर खानका घतलाग्दा कुरा : पिकेको नग्न एलियनदेखि मिस्टर पर्फेक्सनिष्टसम्म

जनपत्र
२१ बैशाख २०८१, शुक्रबार ११:४१

कपिल शर्मा शो ११ वर्षदेखि प्रसारण भइरहेको छ । तर, म अहिलेसम्म यहाँ एक पटक पनि आएको थिइनँ । यसपालि आएँ । किन ?

किनभने म पछिल्लो दुई-अढाइ वर्षदेखि एकदमै खराब स्थितिमा गुज्रिरहेको थिएँ । भावनात्मक रूपमा कमजोर हुँदै थिएँ । त्यस दुई-अढाइ वर्ष मैले कमेडी विथ कपिल हेरें । र, यसले मलाई धेरै राहत दियो । किनभने जब म डिप्रेसनमा थिएँ, कपिलले मलाई हँसायो ।

त्यसैले मलाई लाग्यो, यो शोमा म आउनुपर्छ । धेरै खुसी लाग्छ कपिल, देशभर, दुनियाँभरका मान्छेलाई हँसाउनुहुन्छ । मान्छेको मन बहलाउनुहुन्छ ।

(प्रायः आमिर खान अवार्ड शो वा कतिपय औपचारिक समारोह, टिभी शो, पार्टीमा सहभागी हुँदैनन् । कपिल शर्मा शो, जुन बलिउड फिल्म प्रबर्द्धन र प्रचारको प्रभावशाली मञ्च मानिन्छ, त्यहाँ अहिलेसम्म उनी आएकै थिएनन् ।)

मलाई किन ‘मिस्टर पर्फेक्सनिष्ट’ भनियो ?

मलाई जुन ‘मिस्टर पर्फेक्सनिष्ट’को ट्याग लगाइएको छ, त्यसमा एक व्यक्ति जिम्मेवार छन् । उनको नाम हो, शवाना आजमी ।

त्यसबेला म भर्खर-भर्खरै फिल्म उद्योगमा थिएँ । ‘दिल’ फिल्मको सुटिङ चलिरहेको थियो । दिलमा इन्द्र कुमार निर्देशक थिए र बाबा आजमी जी क्यामेराम्यान थिए । बाबा आजमी चर्चित क्यामेराम्यान थिए, जसको घरमा हामी प्रायः जमघट गरिरहेका हुन्थ्यौं ।

एकदिन हामी निकै गहन छलफलमा थियौं । अहिले याद छैन, के विषयमा कुरा भइरहेको थियो । यद्यपि गम्भीर छलफल चलिरहेको थियो ।

सोही बेला शवाना जी चिया लिएर आइन्, हाम्रो लागि । उनी भन्दै थिइन्, ‘आमिर तपाईंलाई चियामा कति चिनी लगाइदिनुपर्छ ?’

म छलफलमा यति धेरै व्यस्त थिएँ कि उनले के सोधिरहेकी छिन् भनेर सोच्न सकिनँ । उनले सोधिरहेकी थिइन्, ‘आमिर चिनी कति चाहिन्छ ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*