विमानस्थलमा कतारी राजाको विशेष सम्मान

जनपत्र
११ बैशाख २०८१, मंगलवार १६:५५

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएपछि उनलाई त्रिभुवन विमानस्थलमा विशेष सम्मान दिइएको छ ।

आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका थिए ।

त्यसपछि उनलाई नेपाली सेनाको टोलीले विशेष सम्मान (गार्ड अफ अनर) प्रकट गरेको छ ।

आइतबार एसियाली देशहरूको भ्रमणमा निस्केका अमिर अल थानी मंगलबार बंगलादेशबाट नेपाल आएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*