माधव नेपाल भन्छन्– सत्ता गठबन्धन ओल्टेकोल्टे गरेको छ, कति दिन टिक्ने हो !

जनपत्र
१० बैशाख २०८१, सोमबार १२:३१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमा प्रश्न उठेको बताएका छन् ।

सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै नेपालले वर्तमान सत्ता गठबन्धन लामो समयसम्म जानेमा शंका व्यक्त गरे।

नेपालको राजनीति जटिल रहेको बताउँदै उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ ।’

गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेता नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बताए ।
आफूहरु कसैको दास नभएको टिप्पणी गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति सहज नलागेको बताए । उनले भने, ‘सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौंँ ।

कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनाँै । कसैको दास बन्ने हाम्रो नियत होइनाँै ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*