मकवानपुरमा बाल अधिकारका कुरा धेरै, काम कम

जिल्लाका दश वटा स्थानीय तहले बालबालिकाको क्षेत्रमा छुट्याएको बजेट समेत उनीहरुका निम्ती खर्च गरेका छैनन् ।
गिता तिमल्सीना
२९ भाद्र २०७६, आईतवार ०९:२३

मकवानपुरका दशवटै स्थानीय तहले राष्ट्रिय बाल दिवसको अवसरमा बिभीन्न कार्यक्रम गरेका छन् । धेरैले त एक हप्ता अगाडी देखिनै बाल दिवसका अवसरमा बिद्यालय, टोल र स्थानीय तह स्तरमा बाल दिवसका कार्यक्रम गरेका छन् । प्रदेश नम्बर ३ को सामाजिक बिकास मन्त्रालयले बाल दिवसका अवसरमा बिभीन्न निर्णय गर्दै वाल दिवस मनाएको छ । यसका अवसरमा बिभीन्न गैर सरकारी संघसंस्थाले आफ्नै तरिकाले बाल दिवस मनाएका छन् ।

दिवशका दिन नेताहरुका चर्का भाषण, काम कम

राष्ट्रिय बाल दिवसका अवसरमा मकवानपुरका स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, कार्यालयका उच्च स्तरका कर्मचारीले उनीहरुका हक, अधिकारका निकै मनन योग्य र चर्का भाषण गरेका देखिन्छन् । अझै केही दिन सम्म बाल दिवसका अवसरमा यस्ता कार्यक्रम पनि हुन्छन् । तर, दिवसका अवसरमा औपचारिक भाषणमा गरिएका प्रतिवद्धता यो दिवस सकिएपछी त्यसै सेलाएर जाने गरेको छ । बालबालिकाको क्षेत्रमा लगानी गर्न सबै क्षेत्रमा कन्जुस्याई गरिन्छ ।

बालबालिकाको क्षेत्रको रकम अन्यत्रै खर्च

बालबालिकाको क्षेत्रमा स्थानीय सरकार, प्रदेश र संघिय सरकारले बजेट छुट्याउनै पर्ने कानूनी व्यावस्था छ । बजेट पनि छुट्याउँछन् । तर, त्यो बजेट बिद्यालय भवन निर्माण लगायतका पूर्वाधारका क्षेत्रमा बी खर्च गरिदै आएको छ । साच्चै बालबालिकाको क्षेत्रमै, बालबालिकालाई सहभागि गराएर उनीहरुका निम्ती अत्यन्त कम खर्च गरिदै आएको छ ।

बालबालिकाका धेरै कार्यक्र, बैठक हुन्छन् । तर, बालबालिकाका प्रतिनिधि पनि कम गराईन्छ । उनीहरुलाई त्यहाँको रकम, खर्च गर्नुपर्ने प्रावधान पनि थाहा छैन । उनीहरु स्थानीय तह सम्म माग्न आउन पनि सक्दैनन् । त्यसैले उनीहरुका अधिकारका चर्का कुरा गरिन्छ तर, काम क मगर्ने चलन छ ।

मकवानपुरमा अझै धेरै बालबालिका पढ्नबाट वन्चित

बालअधिकारका कुरा यो दिवसका दिनमा गरिन्छ । भर्ना अभियान सुरु हुँदा पनि कोही पनि बालबालिकालाई पढ्नबाट वन्चित नगर्ने भनिन्छ । शिक्षा दिवसका दिनमा पनि उनीहरुका कुरा चकै संग उठाईन्छ । तर, मकवानपुरको हेटौंडा, गढी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सीराङ गाउँपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका, बकैयाँ गाउँपालिका, बागमती गाउँपालिका, भिमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिकामा पढ्ने उमेरका धेरै वालबालिकाहरु बिद्यालय गएका छैनन् ।

बालबालिका बिद्यालय नजानुमा बाबुआमामा शिक्षामा कमी हुनु, चेतनाको अभाव, गरिबी लगाएयताका धेरै कारण छन् । उनीहरुलाई बिद्यालय ल्याउनुपर्ने सबैको दायित्व हो । स्थानीय सरकार यसमा अझै धेरै जिम्मेवार हुनुपर्छ । शिक्षक, शिक्षीका, अभिभाबक पनि उत्तिकै जिमेवार भएर लाग्नुपर्ने देखिन्छ । नत्र बालबालिकाका कुरा बषौअघि देखि गरिदै आएको छ । यसमा कुरामै सिमित हुने छ ।

(जनपत्रका लेखक उज्वल प्राथमिक बिद्यालय गढी–५ का शिक्षीका हुनुहुन्छ ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*