काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुई देखि नौ घण्टासम्म बिजुली नआउने

जनपत्र
८ बैशाख २०८१, शनिबार ११:०३

काठमाण्डौ – काठमाण्डौका विभिन्न ठाउँमा आज साढे दुईदेखि नौ घण्टासम्म बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न ठाउँमा बिजुली काटिने भएको हो ।

ती क्षेत्रहरुमा लाइन सिफ्टिङ तथा तार परिवर्तनका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले बिजुली अवरुद्ध हुनेछ । प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मूलपानी फिडर अन्तर्गत बाबाचोक, मूलपानी चउर, मिलन चोक, फुयाल गाउँ, तिवारी टोल, गोकर्ण फरेस्ट रिसोर्ट, थलीलगायतका ठाउँमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै डांछी फिडर अन्तर्गतका शिवचोक, अर्याल गाउँ, दक्षिणढोका, होटल नोर्लिङ, ग्रिनहिल सिटीलगायतका क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो साढे १२ बजेसम्म विद्युत कटौती हुनेछ । रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने पानीट्यांकी, अनामनगर पूर्वी गेट हुँदै हनुमानस्थान, सिंहदरबार दक्षिणगेट हुँदै अन्नपूर्ण न्युरो अस्पताल, प्रभु बैंक अगाडि धोवीखोला हुँदै सेतोपुल, मैतीदेवी जालीकारखाना, घट्टेकुलोलगायतका क्षेत्रमा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*