इरानमा इजरायलको क्षेप्यास्त्र आक्रमण

जनपत्र
७ बैशाख २०८१, शुक्रबार ११:२८

unn.prixa.net
इरानमा एउटा इजरायलको क्षेप्यास्त्र आक्रमण भएको अमेरिकी अधिकारीले दाबी गरेका छन् । इरानी सरकारी सञ्चारमाध्यमले मध्य इरानको इस्फहान प्रान्तको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोटनको आवाज सुनिएको अपुष्ट जानकारी पाएको बताएका बीबीसीले उल्लेख गरेको छ ।

विस्फोटपछि इरानका कैयौँ शहरमा उडान रद्द गरिएको छ । इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३ सय ५० किलोमिटर दक्षिणमा पर्छ । इस्फहान कैयौँ परमाणुकेन्द्र र एउटा मुख्य सैन्य आधार भएको शहर हो । त्यस्तै इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोट भएको विवरण प्राप्त भएको खबरमा उल्लेख छ ।

गएको शनिवार राति इरानले इजरायलमाथि आक्रमण गरेको थियो । जसका कारण मध्यपूर्वका देशमा युद्धको सम्भावना बढेको आँकलन गरिएको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको भनिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*