के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?

जनपत्र
७ बैशाख २०८१, शुक्रबार ०६:१३

१५ अप्रिलको राति संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन र ओमानमा मुसलधारे वर्षा सुरु भयो । हेर्दा हेर्दै आँधी आउन लाग्यो । स्थिति यस्तो भयो कि मंगलबारसम्म यी देशका दर्जनौँ सहरमा बाढी आयो । दुबईमा मंगलबार सकिदाँसम्मको २४ घण्टामा १४२ एमएम (५ दशमलव ५९ इन्च) पानी परेको छ । यो भनेको दुबईमा २ वर्षमा पर्ने जत्ति पानी हो ।

केही विज्ञहरूले कृत्रिम वर्षा अर्थात् क्लाउड सिडिङका कारण यति धेरै पानी परेको बताएका छन् । एसोसिएट प्रेसले त आफ्नो समाचारमा दुबईको सरकारले सोमबार क्लाउड सिडिङ गरेर वर्षा गराउन विमानै उडाएको दाबी पनि गरेको थियो । विमान उडेको केही बेरमा खाडी देशमा मुसलधारे वर्षा भएर बाढीको स्थिति आएको समाचारमा उल्लेख छ । दुबईले एपीको यो समाचारको खण्डन गरेको छ

के हो त क्लाउड सिडिङ ? यसबाट कसरी हुन्छ वर्षा ?

प्राकृतिक रुपमा वर्षा नहुँदा कृत्रिम तरिकाले बादललाई वर्षामा बदल्ने तकनिक नै क्लाउड सिडिङ हो । यसमा सिल्भर आयोडाइड, पोटाशियम आयोडाइड र ड्राई आइस (सलिड कार्बन डाईअक्साइड) जस्ता रसायनलाई हवाईजहाजबाट बादल नजिकै छरिन्छ । सिल्भर आयोडाइडको सम्पर्कमा आउने बित्तिकै बादलमा भएका बाफ चिसिएर वर्षाको पानीमा बदलिन्छन् र वर्षा हुन थाल्छ ।

यो तरिकाबाट वर्षा हुन् करिब आधा घण्टा लाग्छ । अमेरिकी वैज्ञानिक विन्सेन्ट जे शेफरले पहिलो पटक क्लाउड सिडिङबाट वर्षा गराएका थिए । अहिले अमेरिका, चीनसमेत विश्वका ६० भन्दा धेरै देशले वर्षा गराउन यो टेकनिक प्रयोग गरिरहेका छन् । प्रायः जसो सुख्खा प्रभावित क्षेत्र वा वायु प्रदूषण कम गर्न यो प्रविधिको प्रयोग हुने गरेको छ । विमानस्थलआसपासको तुवाँलो हटाउन पनि यसलाई प्रयोग गर्ने गरिएको छ । वर्षा वा हिमपात बढाउन वा खास स्थानमा एक दुई दिन अगावै वर्षा गराउनु पनि क्लाउड सिडिङको प्रयोग हुन्छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*