‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

जनपत्र
२० बैशाख २०८१, बिहीबार १२:०५

कास्की – बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

चार दिनदेखि रोकिएकाे उडान आज बिहानदेखि नियमित भएकाे बुद्ध एअरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । चार दिनमा दुई दिन कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भएका थिए । मौसममा सुधार आएसँगै ‘भिजिबिलिटी’ पुगेकाले आज बिहानैदेखि उडान नियमित भएका उहाँले बताउनुभयो ।

पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा विमानस्थल बन्द भएको थियाे । चार दिनसम्म उडान नहुँदा यात्रुले वैकल्पिक मार्ग प्रयोग गरेका  थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*