एकै खेलमा ४ गोल गर्ने पाल्मर, प्रिमियर लिगको गोल्डेन बुटमा दाबेदारी

जनपत्र
४ बैशाख २०८१, मंगलवार १४:४१

काठमाडौं । मंगलबार प्रिमियर लिगमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित मिडफिल्डर कोल पाल्मरले ४ गोल गरे ।

निकै लयमा देखिएका पाल्मरले २९ मिनेटभित्र ह्याट्रिक गरेका थिए । उनले जारी सिजन प्रिमियर लिगमा आफ्नो गोलसंख्या २० पुर्‍याइसकेका छन् ।

पाल्मरले सर्वाधिक गोल गर्नेमा म्यानचेष्टर सिटीका एर्लिङ हालान्डसँगै गोल्डेन बुटको रेसमा आफूलाई पनि उभ्याएका छन् ।

पाल्मरको लागि यो धेरै ठूलो उपलब्धी हो । किनभने समरमा म्यानचेष्टर सिटीबाट चेल्सी जानुअघिसम्म २१ वर्षीय पाल्मरले कहिल्यै लिगमा गोल गरेका थिएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*