बागमतीका मन्त्री श्रेष्ठको पहलमा स्वयम्भुबाट धादिङ जोड्ने सडक कालोपत्रे सम्पन्न हुँदै

जनपत्र
४ बैशाख २०८१, मंगलवार १४:१६

हेटौंडा । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रमा गरेका चुनावी बाचाहरु पूरा हुँदै गएका छन् । जुन बाचा मध्येको एउटा बाचा हो, स्वयम्भुबाट धादिङ जोड्ने सडक कालोपत्रे गर्ने ।

काठमाडौँ क्षेत्र नम्बर ७ ९२० बाट निर्वाचित सांदल श्रेष्ठले मन्त्री हुनुपूर्व नै उक्त सडक कालोपत्रेका लागि पहल गरेका थिए । स्वयम्भु इचंगु नायाराण हुँदै धादिङ जोड्ने मुल सडक राणनीतिक योजना अन्र्तगत मन्त्री श्रेष्ठले बिशेष पहल गरेका थिए । एमाले अध्यक्ष एवंम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मन्त्री श्रेष्ठले उक्त सडक कालोपत्रे गर्नका लागि संघीय बजेट पारेका थिए ।

उक्त २० करोड रुपैंया विनियोजित बजेटबाट स्वयम्भु चोकदेखि इचंगु नारायण मन्दिरसम्म ९ मिटर मापदण्ड अनुसार कालोपत्रे अन्तिम चरणमा पुगेको प्रदेशका उद्योग मन्त्री श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले केही दिनमा उक्त सडकको उद्घाटन गर्ने तयारी रहेको छ ।

‘१६५ निर्वाचन क्षेत्र मध्ये काम सम्पन्न भएको सायद यो नै पहिलो हुनसक्छ,’ मन्त्री श्रेष्ठले भने, ‘काम त भैरहेकै होलान् । तर प्रदेश सरकारको दोस्रो कार्यकालको यति छोटो समयमै काम सम्पन्न गर्ने चाहिँ यो योजना नै पहिलो हो कि भन्ने लाग्छ ।’

साथै, मन्त्री श्रेष्ठले आफ्नो चुनावी क्षेत्रमा मात्रै नभएर प्रदेशका १३ वटै जिल्लामा औद्योगिक ग्राम स्थापना गरेर रोजगारी सिर्जना गरिने नीति लिएको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*