देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्र हुन्छ– मन्त्री श्रेष्ठ

जनपत्र
२९ चैत्र २०८०, बिहीबार २०:०८

हेटौंडा । बागमती प्रदेशको खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले देश विकासको काम नेकपा एमालेको नेतृत्वमा मात्रै हुने बताउनु भएको छ ।
नेकपा एमाले नेतृत्व सरकारको समयमा देशमा थुप्रै विकासका कामहरुको सुरुवात भएको बताउदै मन्त्री श्रेष्ठले एमालेको सरकार हट्ने बित्तिकै अर्को सरकारले ती सबै योजनाहरु कटौती गरेको बताउनुभयो ।

बागमती सरकारमा पनि पुर्व मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वले प्रदेश गौरवको आयोजनाको रुपमा भीमफेदी कुलेखानी सुरुङ्ग बनाउने गरि बजेट विनियोजन गरेकोमा समाजवादी नेतृत्व सरकार आउने बित्तिकै ती योजना काट्ने काम भएको भन्दै नेकपा एमाले बाहेकको सरकार देश विकासको लागि नभई भ्रष्टाचार गर्न मात्रै बन्ने गरेको बताउनुभयो ।

भीमफेदी गाउँपालिका(४ वडा कमिटीको आयोजनामा विहिवार भएको वडा भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री श्रेष्ठले जनताको आवश्यकता पूरा गर्न एमाले सधै अघि बढ्ने बताउनुभयो ।

एमाले नेतृत्वले कस्तो काम गर्छ भन्ने हेर्न भीमफेदी गाउँपालिकाको काम हेरे पुग्ने उहाँले बताउनुभयो । नेकपा एमालेसँग भिजन छ, देश विकास गर्ने इच्छा रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले पार्टीले मिसन ८४ लिएर अघिबढेकोले २०८४ मा नेकपा एमालेले बहुमत हासिल गर्ने किसिमबाट लाग्न सबै कार्यकर्तालाई निर्देशन दिदै भन्नुभयो।
तपाईंहरु पार्टीको मिसनमा लाग्नुस । भीमफेदी बलियो बन्नाउने जिम्मा तपाईहरुको हो। हामी आआफ्नो ठाउँमा रहेर पार्टीको काममा लागौं र जनताको समस्या समाधानमा सधै सचेत बन्नुहोला ।

भीमफेदी ४ कमिटीका अध्यक्ष सुर्य बहादुर भोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, बागमती प्रदेश कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र २का इन्चार्ज बलराम बल, नेकपा एमाले मकवानपुरका सह(सचिव एवं भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, भीमफेदी गाउँपालिका कमिटी अध्यक्ष सानू थापा मगर, पालिका सचिवालय सदस्य तथा ४ नम्बर वडा अध्यक्ष सागर पाण्डे लगाएतको उपस्तिथि रहेको थियो ।

० जना पार्टी परित्याग गरि एमाले प्रवेश

भीमफेदी गाउपालिका(४ निवुवाटारमा विभिन्न पार्टी परित्याग गरि ५० जना नेकपा एमाले प्रवेश गरेका छन् ।
बिहिवार नेकपा एमाले भीमफेदी(४ कमिटीको आयोजनामा भएको वडा भेलाको अवसरमा नेकपा एस, नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका हुन् । नव प्रवेशिलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले पोलिटब्युरो सदस्य देवी ज्ञवाली र नेकपा एमाले मकवानपुरका संयोजक एवं खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले अबिर र खादा लगाएत स्वागत गर्नुभयो ।

नव प्रवेशिलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले ठूलो संख्यामा पार्टी प्रवेशले विकासको काम नेकपा एमालेले मात्रै गर्छ भन्ने जनतामा विश्वास पैदा गरेको बताउनुभयो । यस्तै उहाले सबैलाई पार्टी सदस्य वृद्धि गर्न तर्फ लाग्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*