लगानी भित्र्याउन थप कानुन आवश्यक भए अध्यादेश ल्याउनेछौं : प्रधानमन्त्री

जनपत्र
२८ चैत्र २०८०, बुधबार १०:३६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीति निर्माणमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताए । ‘निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको सङ्कल्पको स्वागत गर्छु, समृद्धिका लागि सरकार दृढ छ’ उनले भने ‘मुलुकमा निजी क्षेत्र र सरकारी लगानीको खाँचो छ, लगानी भित्र्याउन स्रोत, सोच, कार्यशैलीमा समेत समस्या छन्, आवश्यक परेमा अध्यादेश ल्याउनेछौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*