झलनाथको दाबी : इलाम-२ मा एकीकृत समाजवादीले जित्छ, धेरै चकित हुनेछन्

जनपत्र
२५ चैत्र २०८०, आईतवार ०९:३४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् ।

‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ,’ शनिबार इलाममा पत्रकारहरुसँग उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौं, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’

उनले अहिले विचार मिल्नेहरुको बीचमा सत्ता सहकार्य भएकाले लामो समय टिक्नेसमेत दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*