ओलीले राप्रपा सांसदलाई भने : गण्डकीमा साथ दिनुस्, जे-जे गर्नुपर्छ तयार छौं
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् ।
चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि गण्डकीमा नयाँ सरकार बन्न सकस भइरहेको छ । साथै राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा सशंकित छ ।
एमाले कास्कीमा निर्वाचित कमिटीको शपथ कार्यक्रममा जानुअघि ओलीले शुक्रबार पोखराको माउण्ट कैलाश रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसँग भेट गरेका छन् ।






