बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बिश्वासको मत लिदै

जनपत्र
१९ चैत्र २०८०, सोमबार ०८:२२

हेटौंडा । बागमती प्रदेशसभाको बैठक बस्दैछ । सो बैठक प्रदेश सभा भवन, हेटौडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी यसअघि नै दिएका हुन । उनका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ ।

बाग्मती प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिदैँ नेपाली कांग्रेस सरकारवाट बाहिरिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन ।

२३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्थ्यो ।

त्यसैले गत शुक्रबार नै मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए ।

सत्ता साझेदार कांग्रेस समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । आज दिउँसो १ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

सदनमा २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) का सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर बहुमत जुटाइरहेका मुख्यमन्त्री जम्कट्टेललाई सत्तारुढ एकीकृत समाजवादी (एस) ले आइतबार ‘यथास्थितिमा’ समर्थन नगर्ने निर्णय गरेर दबाब बढाइरहेको छ ।
जम्कट्टेलले शनिबार सत्ता साझेदार ठूलो दल एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलियालाई सरकारमा सहभागी गराएका थिए ।

हानेपा र एमाले सरकारमा सहभागी भएसँगै अंकगणितमा मुख्यमन्त्री जम्कट्टेल बलियो देखिएका थिए । एक्कासी एस बिच्किएपछि जम्कट्टेलको नेतृत्व सरकार निरन्तरता सकसमा परेको हो । ५६ सांसदको बहुमत पुर्याउन जम्मकट्टेको पक्षमा एमालेको २७, माओवादी केन्द्र २१, एसको ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एसले आइतबारको निर्णय कार्यान्वयन भए जम्कट्टेललाई बहुमत पुग्दैन । हानेपाले पनि विश्वासको मत नदिने बताइसकेको छ । तर, यस दलका एक जना सांसद बज्राचार्यले विश्वासको मत दिने अडान राखेपछि सरकार बहुमतमा थियो ।

वाग्मतीमा कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । एस संसदीय दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मतीमा समान सहभागिता हुने निश्चित नभएका कारण विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*