प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू

जनपत्र
१६ चैत्र २०८०, शुक्रबार १५:३७

प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन दिन्न’बाट पुरु भण्डारीले अभिनयमा डेब्यू गरेका छन् ।

आरके परियारको शब्द/संगीत रहेको सो गीतको म्युजिक भिडियोमा पूरुसहित शिल्पा पोखरेल, दिनेश कठायतको मुख्य अभिनय रहेको छ ।

भिडियोमा पुरु र शिल्पाको प्रेम सम्बन्धमा आएको दरारलाई देखाइएको छ । विभिन्न सिरियलमा अभिनय गरेको अनुभव बटुलेका पुरुको यो पहिलो म्युजिक भिडियो हो ।

चित्रा मास्की मगरको निर्देशनमा रहेको सो म्युजिक भिडियोको सम्पादन पदम सुबेदीले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*