इलाम-२ मा नाम सिफारिस भएका पार्टी नेतालाई देउवाले बोलाए
काठमाडौं । इलाम–२ को उम्मेदवारमा नाम सिफारिस भएका पार्टीका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् ।
बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारमा सिफारिस भएकाहरुलाई छलफलमा बोलाएका एक नेताले जानकारी दिए ।
इलाम–२ को उम्मेदवारका लागि कांग्रेसमा दुई महिला र ५ पुरुष गरी ७ जनाको नाम सिफारिस भएको छ । सातै जनाको नाम जिल्ला समिति, प्रदेश समिति हुँदै केन्द्रीय समितिसम्म आइपुगेको छ ।
नाम सिफारिस भएका ७ जनामध्ये अधिकांश नेता काठमाडौंमा नै छन् । १५ वैशाखमा हुने उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ताको कार्यतालिका छ ।






