हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक बिहीबारदेखि बन्द

जनपत्र
८ चैत्र २०८०, बिहीबार ११:४८

हेटौँडा। हेटौँडालाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग चखेल–मातातीर्थ सडक बन्द गरिने भएको छ।

महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक बिहीबारदेखि १६ दिनका लागि बन्द गरिने भएको हो।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष दुतराज तितुङले महालक्ष्मी–दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडकको मकैबारी–मातातीर्थ खण्डमा बेस हाल्नेलगायतका सडक निर्माण कार्य भइरहेकोले चैत २३ गतेसम्मका लागि सडक बन्द गरिएको जानकारी दिनुभयो।

उहाँले उक्त सडकमा आवतजावत गर्ने सम्पूर्ण सवारी साधन पूर्ण रुपमा बन्द गरिएकोले सो अवधिभर वैकल्पिक सडक प्रयोग गर्न आग्रह गर्नुभएको छ। उक्त सडकको मकवानपुर र काठमाडौँ दुवैतर्फ सडक स्तरोन्नतिको काम भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*