हङकङबाट फर्कियो नेपाली क्रिकेट टोली

जनपत्र
२ चैत्र २०८०, शुक्रबार १३:५६

 

काठमाण्डौ – हङकङमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली टोली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । हङकङ, पपुवा न्युगिनी (पीएनजी) र नेपाल सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल फाइनलमा पराजित भएको थियो ।

काठमाण्डौ आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानका उपाध्यक्ष रोशन सिंह र क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका थिए ।

आइसीसी टी–२० विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोलीले अब काठमाण्डौमा आयरल्याण्डसँग पनि टी–२० खेल्ने छ ।

आयरल्याण्डको ए टोलीसँग सिनियर टोलीले २ वटा खेल खेल्दा अरु नेपालकै ‘ए’ टिमले ६ वटा खेल खेल्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*