प्रधानमन्त्री ओली र वाङबीच शिष्टाचार भेटघाट, चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे छलफल

जनपत्र
२४ भाद्र २०७६, मंगलवार ०५:५०

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच सोमबार शिष्टाचार भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा चीनका राष्ट्रपति सी जिङ पिङको नेपाल भ्रमणदेखि आर्थिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईले भेटघाटका क्रममा दुई देशबीचको सम्बन्धलगायत आर्थिक विषयमा छलफल भएको बताए । प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणको स्मरण गर्दै त्यसबेला भएका सहमति कार्यान्वयन गर्दै सम्बन्धलाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

‘हामी विगतका सहमतिअनुसार अघि बढेर जान चाहन्छौं र तपाईंको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘दुई पक्षीय सम्बन्धका विभिन्न पक्ष छन् । शैक्षिक, सामाजिक क्षेत्र, पूर्वाधार विकासको क्षेत्रलगायत सबै क्षेत्रलाई विस्तार गर्नेलगायतका क्षेत्रमा चीनले नेपाललाई महत्वका साथ हेरेको छ, त्यसमा नेपाल खुसी व्यक्त गर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*