सुनको भाउमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख २५ हजार रुपैयाँ पुग्यो

जनपत्र
२४ फाल्गुन २०८०, बिहीबार ११:४६

काठमाण्डाै – नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो ।

यस्तै मङ्गलवार सुनको भाउ प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार हुँदा नयाँ रेकर्ड बनेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर एक हजार चार सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*