मानव वेचविखनको समस्याबाट प्रदेश–३ धेरै नै प्रभावित

बेचबिखनको प्रमुख कारण लैगिक विभेद, अशिक्षा, वेरोजगारी र खुला सिमाना नै प्रमुख हुन् ।
अनुराधा कोइराला
२३ भाद्र २०७६, सोमबार ०६:३४

हेटौंडा । मानव वेचविखनको समस्याबाट ३ नंंम्बर प्रदेश धेरै नै प्रभावित छ । मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा लगायत प्रदेश नंंम्बर ३ को १३ वटा जिल्लाहरु नै यस अपराधको चपेटामा परका छन् । मानव बेचविखनका विभिन्न कारणहरु छन् । धेरैले गरिविलाई प्रमुख कारक तत्वको रुपमा देखाउने गरेता पनि यसको जड कारणको रुपमा लैगिक विभेद, अशिक्षा, वेरोजगारी र खुला सिमाना नै प्रमुख हुन् ।

प्रदेश ३ को निति कार्यक्रममा पनि मानव बेचविखनको सवाललाई समाविष्ट गरिएको छ । शिक्षालाई सर्व सुलभ बनाउन विद्यालयमा महिला मैत्री शौचालय निर्माण गर्ने, महिनावारी हुदा लाउने प्याड वितरण गर्ने, महिनावारी हुदा अपनाउनुपर्ने र त्याग गर्नु पर्ने व्यवहारको वैज्ञानिक चेतना अभिवृद्धि गर्ने जस्ता नविन कार्यहरु प्रदेश नं. ३ सरकारले अघि सारेको छ । जुन तारिफ योग्य छ ।

रोजगारी सिर्जन न गर्न हामीले प्रदेश ३ विशेष गरी मकवानपुरको बाझो भूमिमा अर्गानीक जैविक खेती गर्न सक्छौं र महिलाहरुलाई रोजगारी दिन सक्छौं । बाहिरी मुलुकबाट आयत हुने उपभोग सामग्रीहरुको उत्पादन स्वेदशमा नै हुने सके यसले हाम्रो अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने हजारौं महिलालाई रोजगारी सिर्जना गर्न सक्नेछ । प्रदेश ३ सरकारले सामुहिक खेतीको अवधारणलाई अघि सारोस् भन्ने मेरो चाहना छ ।

खेतीको लागी अनुपयुक्त जग्गामा पार्कहरु निर्माण गरी पर्यटन र मनोरन्जन उधोगलाई प्रोत्साहन गर्न सकिन्छ । खुल्ला सिमाना मानव बेचविखनको प्रमुख चुनौती हो । नेपाल भारतको आधिकारिक नाकामा राज्यको उपस्थिती भएता पनि अनाधिकृत मानव तस्करी हुने गरेको छ । अनाधिकृत नाकामा राज्यको ध्यान जानु अति आवश्यक छ ।

नेपाल गरिव राष्ट्र हो तर गरिवि मानव बेचविखनको प्रमुख कारण होइन । अशिक्षा, लैगिंक विभेद, बेरोजगारी आदी प्रमुख कारण हुन् । मानव बेचविखन विरुद्धको क्षेत्रमा कार्य गर्ने गैरसरकारी संघ संस्थालाई प्रदेश सरकारको निकटमा रहेर यस अपराध विरुद्ध शसक्त र संगठित पहल गर्न पनि अनुरोध गर्दछु । (प्रदेश प्रमुख अनुराधा कोइरालाले मानव बेचबिखन बिरुद्धको दिवसका दिन गर्नु भएको संबोधनको सम्पादिन अंश हो ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*