हेटौँडामा खुल्ला राष्ट्रिय पुरुष रन प्रतियोगिता हुने
हेटौँडा । हेटौंडा उपमहानगरपालिका नगरखेलकुद विकास समितिको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि खुल्ला राष्ट्रिय पुरुष रन प्रतियोगिता हुने भएको छ । आयोजकले आज उपमहानगरपालिका कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसका बारेमा जानकारी दिउको हो । प्रतियोगिता यही फागुन १८ गते गर्न लागिएको हो ।
प्रतियोगितामा ५ किलोमिटरको दूरी पार गरेर प्रथम हुने खेलाडीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोेगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रोत्साहन स्वरुप २ जनालाई १०–१० हजार रुपैयाँ नगर राशी प्रदान गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।








