आफैलाई प्रश्न !

मेरै क्षेत्रको एउटा साथीले आज मलाई भन्यो पत्रकार भन्न पनि लाज लाग्छ यार
मैले किन र भने ..
ती पत्रुकारहरु पत्रकारको बिल्ला भिरेर कमाउ धन्दा चलाईरहेका छि छि छि…..
टोलीया गुण्डा जस्ता हप्ता उठाईरहेका
उ भन्दै थियो…..
सत्ताको पछाडी जबरजस्ती कुदीरहेका
अरुले तपाई भन्नु त कता हो कता
आफै मपाई भन्दै हिँड्ने ….
मिडिया चलाको छु भन्दैमा सरकार नै चलाको छु जस्तो गर्ने ..
जबर जस्ती मन्त्रिसंग जोडीएर फोटो खिचाउने अनि त्यसको नाजायज फाईदा लुट्ने
पत्रकारीताको खोल ओडेर २ नम्बरी धन्दा गर्ने
रात पर्न पाको छैन बिदेशी रक्सीको मातमा अर्काको चेली बेटीमाथी कु दृष्टी लगाउने छि छि छि …….
उ भन्दै थियो ….
बजारमा सामान किन्न जादा छुट दिएन भने समाचार बनाउछु भन्दै ब्यबसायीलाई धम्क्याउने
बिज्ञापनबाट पैसा उठाउने अनि भ्रष्टाचार र बेथीतिको बिरुद्ध चु पनि नबोल्ने ।
पैसा र कमिसन नपाउनजेल धम्क्याउने के पत्रकारीता गुण्डागर्दी हो ?
उ मलाई आक्रोस पुर्ण प्रश्न गर्दै थियो ।
अनि भन्दै थियो …
यो प्रबृति जब सम्म पत्रकारीतामा रहिरहन्छ पत्रकारीता एक दिन होईन सधै बदनाम भईरहन्छ।
यस्ता कु पात्रहरुका कारण….
म उसका कुराले नतमस्तक भए ..उ अझै उच्च स्वरमा भन्दै थियो ….
रेडियोको माईकबाट ठुलो स्वरमा बोल्दैमा आवाज बिहिनहरुको आवाज बोलीदैन ।
आवाज बिहिनहरुको आवाजलाई बोल्न त सबैभन्दा पहिला आफु भित्रको दृष्टीकोण बदल्नु पर्छ,
सामन्ती सोच हटाउनु पर्छ ।
भुई मान्छेको आवाज बोल्न बिरामी हुदा पैसा नभएर उपचार नपाई छटपटाएको पिडा ,
खानेकुरा नभई भोक भोकै बस्नुको बाध्यता अनुभुति गरेको हुनु पर्छ ।
उसका कुराले मेरो मनमा चसक्क छोयो…..
उ अगाडी भन्दै थियो…
दुखी गरीबको कुरा त सञ्चार माध्यामले उठाउनु पर्ने हो
तर
यहाँ त पितकर्म गर्नेहरुले चलाएको मिडियाले हुने खानेको मात्रै बखान गरेको देख्दा अचम्म लागेर आउछ ।
उसको यो कुराले आज मलाई मेरो क्षेत्र प्रति मौलाएको बिकृती भनौ वा मिडियाको शक्तिको आडमा उब्जीएको बडा हाकीमीपनाले मिडिया प्रति आम जनताको हेर्ने दृष्टीकोण नकारात्मक होलाकी भन्ने चिन्ता लागेको छ ।
किन कि मेरो साथीको चिन्ता जायज थियो अनि यथार्थ पनि थियो ।