उपासना फिल्ममा सफ्ट, कार्यक्रममा बोल्ड किन ?

जनपत्र
२५ माघ २०८०, बिहीबार ०६:०५

अभिनेत्रीहरु फिल्ममा जस्तो भूमिका निर्वाह गरेपनि फिल्मी कार्यक्रममा भने बोल्ड देखिने गरेका छन् । जसले गर्दा दर्शक तथा मिडियाको ध्यान उनीहरुतिरै हुने गरेको छ ।  फिल्म ‘हात्तीछाप’ को प्रिमियरमा पनि अभिनेत्री उपासनासिंह ठकुरीले त्यसैगरी सबैको ध्यान खिचिन् ।

उनको पहिरनले काठमाडौँको यो जाडोलाई नै चुनौती दिइरहेको थियो । वान पिस पहिरनमा बोल्र्ड लुक्सका साथ कार्यक्रममा उपस्थित उनले क्यामेराको अगाडि निर्धक्क तस्विर समेत खिचाएकी छन् । प्रिमिएरमा सहभागी अन्यले ज्याकेट र कोट लगाउन उनी भने ढुक्क रुपमा वानपिसमा सहभागी थिइन् ।

प्रिमिएर गरिएको फिल्ममा उनको भूमिकाको कुरा गर्दा उनी गाउँको एक युवतीको भूमिकामा छिन् । फिल्मका मुख्य पात्र दयाहाङ राईसँग प्रेम गर्ने युवतीको रुपमा देखिएकी उनको फिल्ममा पहिरन गुन्यो चोली र कुर्ता सुरुवाल छ । कार्यक्रममा भने उनी वान पिसमा देखिएकी छन् ।

उपासनाको अहिलेसम्मको अभिनयको कुरा गर्दा उनी फिल्ममा प्रिमिएरमा झै बोल्ड देखिएकी छैनन् । फिल्म ‘क्याप्टेन’ बाट अभिनयमा डेब्यु गरेकी उनले ‘कबड्डी कबड्डी कबड्डी’, ‘२ नम्बरी’, ‘डिसेम्बर फल्स’ लगायतमा सफ्ट भुमिकानै निर्वाह गरेकी छन् । उनको भूमिका सफ्ट हुने भएपछि पहिरन बोल्ड हुने त कुरो भएन नि ।

प्रिमियरमा बोल्ड पहिरनबाट सबैको ध्यान खिच्न सफल उनले फिल्म अभिनयबाट तारिफ बटुलिन् । धेरैले उनको कामको खुलेरै प्रशंसा गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*