नेपालको प्लेइङ ११ मा तीन परिवर्तन

जनपत्र
१० माघ २०८०, बुधबार १३:५९

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय लिँदै प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

पछिल्लो खेलमा न्युजिल्यान्डबाट नेपालले तीन परिवर्तन गरेको छ । स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् ।

त्यस्तै आजको खेलमा दुवै दिपक बोहरा टोलीमा छैनन् । नेपालले दुई दीपक बोहराको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिएको छ । विपिन बायाँ हाते ओपनर खेलाडी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*