गएको वर्ष संसारकै सबैभन्दा धेरै गाडी निर्यात गरेको चीनकाे दाबी

जनपत्र
७ माघ २०८०, आईतवार १०:५०

चीनले गएको वर्ष संसारकै सबैभन्दा धेरै गाडी निर्यात गरेको दाबी गरेको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले गएको वर्ष अर्थात् सन् २०२३ मा आफ्नो देश संसारकै सबैभन्दा ठूलो अटो निर्यातकर्ता बनेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले गएको वर्ष झण्डै ५० लाख थान गाडी निर्यात गरेको दाबी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५७ दशमलव नौ प्रतिशतले धेरै हो ।

विशेष गरेर चीनमा उत्पादन भएका विद्युतीय गाडीले संसारभरका धेरै ग्राहकको मन जितेको खबरमा उल्लेख छ । गएको वर्ष चीनले १२ लाख थानभन्दा धेरै विद्युतीय गाडी निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ७८ प्रतिशतले धेरै हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*