गाजा युद्धमा मृत्यु हुनेको संख्या २१ हजार ९७८ पुग्यो

जनपत्र
१७ पुष २०८०, मंगलवार ०६:५१

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ।

यसैबिच विगत २४ घण्टामा १ सय ५६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल– कुद्राले टेलिभिजन पत्रकार सम्मेलनमा बताएका छन् । उनले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको  पनि उल्लेख गरेका छन् ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*