प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

जनपत्र
१४ पुष २०८०, शनिबार ११:३८

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ६ बजे चेल्सी र लुटन टाउनबीच खेल हुनेछ ।

त्यस्तै, राति पौने ९ बजे क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड, म्यानचेस्टर सिटी र सेफिल्ड युनाइटेड, एस्टन भिल्ला र बर्नली तथा उल्भ्स र एभर्टन खेल्दैछन् । राति सवा ११ बजे नटिङ्घम फरेस्ट र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।

अङ्कतालिकामा १९ खेलमा ४२ अङ्ककासाथ लिभरपुल शीर्ष स्थानमा छ । समान खेलमा ४० अङ्क रहेको आर्सनल दोस्रो, ३९ अङ्क रहेको एस्टनभिल्ला तेस्रो र १८ खेलमा ३७ अङ्क रहेको सिटी चौथो स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*