मेरो तीज पहिले र अहिले

तिजलाई भड्किलो र भयावह हैन । हामीले हुदा खाने र हुने खाने सबै महिलाहरु अटाउँन सक्ने साझा मंच बनाउन सक्नुपर्छ ।
भगवती पुणासैनी
१५ भाद्र २०७६, आईतवार १४:४६

बिवाह अघि म सानो हुदाको मेरो तीज

म सानो हुदाको तीज अहिले पनि खुबै सम्झना आउँछ । आहा त्यो तिज जतिबेला मलाई दरखाने र नाच्ने दिन कहिले आउला जस्तो लाग्थ्यो  विहान उठ्ने बित्तिकै आमालाई अब दरखान कति दिन बाँकी छ भनेर सोध्थें ।

भाउजुहरु माईत जानहुन्थ्यो दिदी माईत आउन पाउँनुुुुहुन्नथ्यो आमालाई घरधन्दा र बुढ्यौली ले त्यो तिज अभिसाफै नै हुन्थ्यो के कोे रमाईलो रु मेरो माँग पूरा गर्नै भनेपनि दर नामको खिर पकाउनै पर्थ्यो । दर राती उठेर खाने भन्ने थाहा थ्यो आमाले राती नबोलाउनु होला भनेर पुरै बाचा गराएकी हुन्थे ।

कठै ती आमा दिनभरीको खटाई र थकाई अनि के का रहरले मध्ये रातमा एउटी फुच्चि लिएर दर खान उठ्नु हुन्थ्यो र  भोली रोएर खप्नै गर्दिन के गर्नु भनेर फतफताँउदै बा ले बोकेर टुक्कि बालेर भर्याङ ओेर्लदैै गरेकोे अनि बा ले आफ्नै हातले चिसो खिर खुवाउनु भएको र महिले आँखा चिम्लेर मज्जाले खाएको सम्झँदा अहिले पनि खुब हाँसो उठ्छ ।

भोलिपल्ट विहानै सिमल्टारको चुरा पसलमा बुवाले नै लानुहुन्थ्यो । नारीभरी चुरा बजाएर हात हल्लाउँदै धादिङ पुग्थें । दिनभर हेरेको नाचले नथाकेर म साईली दिदी संग राती हिड्न खोज्थे आमाले गाली गर्नुहुन्थ्यो बा ले जाओसन त एकछिन भनेर उल्टै आमालाई गालि गरेर पठाउनु हुन्थ्यो । त्यो बेलामा मेरो बा ले बुझ्नु भएको बालमनोविज्ञान र मैले पाएको स्वतन्त्रताको अधिकार । गाउँको तिज गितमा नारीहरुको वेदना सम्झँदा अझै भित्री मन कुडिएर आउँछ र नारी स्वतन्त्रताको लागि आवाज उठाउन मन लाग्छ ।

बिवाह पछीको मेरो तीज

विवाह पछि सुपिंङमा घरधन्दा सकेर माथिल्लो टोल तल्लो टोलका साथीहरु संग पालै पालो दोहोरी खेलिन्थ्यो साँझ छुट्न नसकेर आदि बाटा सम्म पच्छाउँदै गईन्थ्यो । श्रीपंचमीको दिन दतिवनको मुठ्ठा बोकेर खहरे खोला नुहाउन झर्दा गाउँ भरिका महिलाको लर्कोले गाउँनै रात्ताम्मे हुन्थ्यो अहिले पनि त्याहा त्यस्तैै हुन्छ । कहिले धन्दा सकेर साँझ निस्कनु र रमाईलो गर्नु जस्तो लाग्थ्यो ।

माईत गयो दरखाने दिन देखि नै दाजु भाईहरु एका तिर दिदी बैनी जति एकातिर माईती र चेलीको घम्सा घाम्सीको रमाईलो दोहोरी चल्थ्यो आहा कति रमाईलो ११ त्यसैले त भाई बहिनी दाजु भाउजुहरु सबैले सम्झनु हन्छ ।

ब्रतको दिन सबै जम्मा हुने मुख्य ठाउँ धादिङ महाँदेवको मन्दिर पुजा गर्ने ठाउँमा ठुलै जमघट हुन्थे । हामी पनि स्कुल पढ्ने साथीहरुको युवा टोली मिलेर भैरीनी भाउँजु लगायत पाका उमेरका टोली संग ठेउके दोहोरी खेल्न पुग्थ्यौं । दोहोरीमै हाम्रो भिडन्त चल्थ्योे ।

साँझ सम्म त्यो टोलीलाई उम्कन दिदैनथ्यौ । बेलुका पुन भिड्ने बाचा नगरी त्यो दिन सम्झदा क्या रमाईलो लाग्छ । त्यो पो हो त तिज त्याँहा आफ्नो मौलिकता हुन्थ्यो, आफ्नो कला र सृजना मिसीएको सँस्कृतीको त्यो रौनक हुन्थ्यो ।

अझ पनि ताजै छ गाउँ गाउँमा हराएको छैन आजको दिन आफ्नो कला देखाउँने ।
आफ्नो भावका कथाहरु गितमा ढालेर गाउँन । रोदन र चितकारलाई बेदनामा ढाल्न अनि माया र प्रेमलाई अंगालोमा बाध्न ।आहा १ कति घत लाग्छ कति याद आउँछ मादले दाजुहरुले जोर मादल घन्काएको तालमा चाँपका झुप्पा लगाएर छम् छम् बझाउदै नाच्दा त्यो पो तिज त ।

अहिलेको शहरमा मनाईने तीज

अहिले मेरो तिज  आफ्नो वाध्यता भनौ या के भनौ गाउँ छोडेर शहर छेउमा बस्न थालें । आफ्नो पदिय जिम्मेवारी र साथित्वको भावले सबै संघ संस्था र साथीहरुले संस्थागत र व्याक्तिगत रुपमा निमन्त्रणा गर्नुहुन्छ । महिना १५ दिन अगाडि देखि मलाई पनि निमन्त्रणा मान्न भ्याई नभ्याई हुन्छ । बजारमा दोहोरी गाउँने भन्ने त्यति हुदैन क्यासेट चक्का र साउण्ड सिस्टममा खुब नाचिन्छ । वर्षदिनको पर्व मनाउँन स्वहार्दता होस भन्ने लाग्छ नै ।

दर खाने,खुवाउँने र रमाईलो गर्ने थिती बढ्दै गएकोमा हामीलाई विकृती बढाए भन्नेहरुपनि कम छैनन् । खै कसले कहाँ के गरे दरखाने नाममा रेष्टुरेन्टमा बसेर हुस्की पनि खान्छन भन्ने आरोप हामीले नै सुन्न परको छ । त्यति सम्म त महिलाहरुबाट भएन होला भन्ने लाग्छ । भन्न त नमिल्ने हो अरुलाई सधैं दशैं भैरहदा हाम्रो एक हप्ता मनाउने तिज महिनाा १५ दिन मनाउन थाले भनेर प्रसासन नै हल्लायो  समयमै सचेत हुनु हाम्रो दायित्व पनि हो सचेत गराउनु राज्यको कर्तव्य पनि हो । यो वर्ष गतवर्षमा भन्दा मकवानपुरे महिलाले धेरै कम मनाएको छौ । तै पनि एकहप्ता अगाडि देखि निरन्तर रमाईलो मै व्यस्त छुु ।

तीजलाई भड्कीलो गरी मनाउनु हुन्न

तिजलाई भड्किलो र भयावह हैन । हामीले हुदा खाने र हुने खाने सबै महिलाहरु अटाउँन सक्ने साझा मंच बनाउन सक्नुपर्छ । सभ्य र भव्य बनाउन हामी सबैको दायित्व हो भन्ने लागेर राजनीति दलगत हिसाबले पनि परम्परालाई निरन्तरता दियौं । यसले सबै महिलाहरुको अभिभावत्व लिएको महसुस भैरहेको छ ।

अहिले हिन्दु नारीहरुले मात्र हैन यो पर्व हरितालिका तिज हिमाल,पहाड,तराई स्वदेश मात्र हैन विदेशमा रहेर पनि विभिन्न जातजाती भाषाभाषि र धर्म मान्ने सबै नेपाली नारीहरुको साझा पर्वका रुपमा मनाईने यो महाँन पर्वको सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । लेखक जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*