मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको तयारी पूरा

जनपत्र
२३ मंसिर २०८०, शनिबार १८:३०

हेटौंडा । मनहरी गाउँपालिका चौथो अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० को तयारी पूरा भएको छ ।

खेलकुद विकास समिति मनहरीको आयोजनामा मंसिर ३० गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक, मैदान मर्मत, आन्तरिक व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतियोगितामा गाउ“पालिकाका नौवटा वडाको सहभागिता रहनेछ । नकाउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद एकलाख र उपविजेताले ५० हजार रुपैया“ प्राप्त गर्ने आयोजक समिति संयोजक विरु लामाले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद दशहजार रुपैया“ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्डलाई जनही ५÷५ हजार रुपैया“ प्राप्त गर्ने समिति सदस्य कविन दर्लामी । प्रतियोगिताको उद्घाटन समारोहमा मनहरी गाउ“पालिकाबाट जुनियर राष्ट्रिय टोलीमा समावेश भएका दुईजना फुटबलरलाई सम्मानित गरिनेछ ।

प्रतियोगितामा करिब आठलाख ५० हजार रुपैया“ हुने अनुमान गरिएको छ । गाउ“पालिकाले प्रतियोगिताका लागि ७ लाख रुपैया“ विनियोजन गरेको छ ।

पत्रकार सम्मेलनमा पालिका अध्यक्ष रञ्जन कालाखेतीले खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ वर्षेनी प्रतियोगिता सञ्चालन गरिने बताए । उनले विभिन्न खेलहरुमा योजनाबद्ध तवरबाट पालिकाले लगानी गरिरहेको र क्रमशः त्यसबाट नतीजा निस्कन थालेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*