भारतसँगकाे शृङ्खलाका लागि दक्षिण अफ्रिकाकाे टाेली घाेषणा, बभुमा र रबाडाले टेस्ट मात्र खेल्ने

जनपत्र
१८ मंसिर २०८०, सोमबार १६:३४

काठमाण्डाै – भारतसँगकाे टेस्ट, एकदिवसीय र टी–२० शृङ्खलाका लागि दक्षिण अफ्रिकाकाे टाेली घाेषणा भएकाे छ । क्रिकेट दक्षिण अफ्रिकाले आज साेमवार टाेली घाेषणा गरेकाे हाे ।

आउँदाे डिसेम्बर १० देखि जनवरी ३ सम्म भारत र दक्षिण अफ्रिकाबीच तीन टी–२०, तीन एकदिवसीय र दुई टेस्टकाे शृङ्खला शुरु हुँदैछ । भारतसँगकाे खेलमा टेस्टकाे कप्तानी तेम्बा बभुमाले गर्नेछन् भने एकदिवसीय र टी–२० काे कप्तानी एडन मार्करमले गर्नेछन् । बभुमा र तीव्र गतिका बलर कागिसाे रबाडाले टेस्ट मात्र खेल्नेछन् । बभुमा र रबाडालाई टेस्टमा ध्यान केन्द्रित गर्नका लागि सीमित ओभरकाे खेलबाट आराम दिएकाे क्रिकेट दक्षिण अफ्रिकाले जनाएकाे छ । यस्तै टाेलीमा नयाँ खेलाडीलाई माैका दिइएकाे छ ।

टेस्टका लागि दक्षिण अफ्रिकाकाे टाेली–

तेम्बा बभुमा (कप्तान), डेभिड बेदिन्घम, नान्द्रे बर्गेर, गेराल्ड काेट्जी, टाेनी डी जाेर्जी, डिन एल्गर, मार्काे जेनसेन, केशव महाराज, एडन मार्करम, विआन मल्डेर, लुङ्गी एन्गिडी, कीगान पिटरसेन, कागिसाे रबाडा, ट्रिस्टान स्टुब्स र केले भेरेने ।

एकदिवसीयका लागि दक्षिण अफ्रिकाकाे टाेली–

एडन मार्करम (कप्तान), ओटिनेल बार्टम्यान, नान्द्रे बर्गेर, टाेनी डी जाेर्जी, रेजा हेन्ड्रिक्स, हेनरिच क्लासेन, केशव महाराज, मिलाली एमपाेङ्गवाना, डेभिड मिलर, विआन मल्डेर, एन्डिले फेहलुकवायाे, ताबरिज शाम्सी, रसी भान डेर डुसेन, केले भेरेने र लिजाड विलियम्स ।

टी–२० का लागि दक्षिण अफ्रिकाकाे टाेली–

एडन मार्करम (कप्तान), ओटिनेल बार्टम्यान, म्याथ्यु ब्रीट्के, नान्द्रे बर्गेर, गेराल्ड काेट्जी (पहिलाे र दाेस्राे टी–२०), डाेनाेभान फेरीरा, रेजा हेन्ड्रिक्स, मार्काे जेनसेन (पहिलाे र दाेस्राे टी–२०), हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर, लुङ्गी एन्गिडी (पहिलाे र दाेस्राे टी–२०), एन्डिले फेहलुकवायाे, ताबरिज शाम्सी, ट्रिस्टान स्टुब्स र लिजार्ड विलियम्स ।

भारतले दक्षिण अफ्रिका भ्रमणका लागि तीन जनाकाे कप्तानीमा यसअघि नै टाेली घाेषणा गरिसकेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*