खेल क्षेत्रले शारिरिक र मानशिक रुपमा बिकास गर्छ–मेयर महत

जनपत्र
८ भाद्र २०७६, आईतवार १८:१८

हेटौंडा । अचल ढुंगाना स्मृति स्ववियु भलीवल कप २०७५ को आज समापन गरिएको छ । स्वतन्त्र बिद्यार्थी युनियन वन बिज्ञान अध्ययन संस्थान हेटौंडाको आयोजनामा भलिवल भएको हो । समापन कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शारिरिक र मानशिक रुपमा बिकास खेल क्षेत्रले गर्ने भएकाले यसमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

खेल क्षेत्रबाट आफु आएकाले यो क्षेत्रलाई मायाँ गर्ने गरेको वताउँदै मेयर महतले भन्नुभयो–‘भलीवल, फुटवल मात्र नभएर अन्य खेल क्षेत्रका लागि पनि म सहयोग गर्न तयार छु । क्याम्पस प्रशासन, बिद्यार्थीहरु सवैले खेल क्षेत्रलाई मायाँ गर्नुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*