पालुङको घैँटो फुटाउने प्रतियोगितामा ऋषेश्वर ११ विजयी, यस्तो भयो (भिडिया हेर्नुहोस)

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा परम्परागत रुपमा बनाइदै आएको घैँटो फुटाउने प्रतियोगितामा यसवर्ष ऋषेश्वर ११ समुह विजयी भएको छ । प्रत्येक वर्ष कृष्णाष्टमीको अवसरमा थाहानगरको शिखरकोटमा हुने प्रतियोगिता शिखर क्लब, बजार व्यवस्थापन समिति शिखरकोट र स्ट्रङ सौल डान्स कृउको संयुक्त आयोजनामा भएको हो ।
उक्त प्रतियोगितामा ऋषेश्वर ११ प्रथम, आग्रा समूह द्वितीय र कोब्रा समुह नयाँगाउँ तृतीय भएको छ । बिजेता हुने समूहले क्रमशः नगद १२ हजार पाँचसय रुपियाँ, नगद ८ हजार र पाँच हजार रुपियाँ तथा प्रमाणपत्र पाएका छन् ।
भिडिया हेर्नुहोस