जापानमा सेपरेसन म्यारिजको अनौठो ट्रेण्ड : बिहे गर्ने, एक्लाएक्लै बस्ने

जनपत्र
१६ आश्विन २०८०, मंगलवार ०७:०२

पछिल्ला दिनमा सेपरेसन म्यारिज अर्थात बिहे गरेर दम्पतीहरु एक अर्काबाट अलगै बस्ने ट्रेण्ड जापानमा लोकप्रिय बन्दै गएको छ । यसलाई विकेण्ड म्यारिज अर्थात् सप्ताहन्त बिहे पनि भनिन्छ । यसमा मानिसहरु एकातर्फ एक अर्काको प्रेम तथा सहयोगको आनन्द लिन्छन् भने अर्कोतर्फ आफ्नो जीवनसाथीको चिन्ता नगरीकन एक्लो जीवन जिइरहेका हुन्छन् ।

वास्तवमा सेपरेसन बिहेमा दम्पतीहरु विवाहित हुनु र सिंगल लाइफ जिउनु दुबैको मज्जा लुटिरहेका हुन्छन् । यद्यपि यसमा सो सम्बन्ध आपसी प्रेम र सम्मानमा आधारित हुन्छ ।

प्रेम र सम्मान हुन्छ तर हस्तक्षेप हुँदैन

एक समाचार च्यानलले हालै सेपरेसन म्यारिजमा रहेका एक जापानी जोडीका विषयमा सामग्री प्रशारण गरेको थियो । व्यायाम प्रशिक्षक तथा जिमखाना सञ्चालकसमेत रहेकी हिरोमी टाकेडा आफूलाई एक सशक्त तथा स्वतन्त्र महिला बताउँछिन् ।

उनका पति हिदेकाजू एक व्यवसायिक सल्लाहकार हुन् जसले आफ्नो अधिकांस समय कम्प्युटरमा इमेलको जवाफ दिएर तथा रिपोर्ट लेखेर बिताउँछन् । यी दुईको जीवनशैली निकै फरक छ । तर उनीहरु एकअर्कालाई प्रेम तथा सम्मान गर्दछन् । त्यसैले उनीहरु एक अर्काको जीवनमा हस्तक्षेप गर्न चाहँदैनन् । त्यसैले उनीहरु अलग अलग बस्ने निर्णय गरेका छन् ।

पहिलो बिहेबाट सिकेको सबक

हिदेकाजू भन्छन्, ‘म सायद कहिल्यै आफ्नी पत्नीको घरमा रात बिताउँछु । मेरो जीवनमा आफ्नो करिअरले ठूलो महत्व राख्दछ । आफ्नो अघिल्लो बिहेका क्रममा म आफ्नो काममा यतिधेरै व्यस्त थिएँ कि कहिलेकाहीँ त म कैयन् दिनसम्म घर नै जाँदैनथेँ । त्यसो गर्दा मेरी पूर्वपत्नी निकै दुखी भइन् होला भन्ने मलाई लाग्छ । त्यसैले आफ्नो अघिल्लो बिहेबाट मैले सिकेको सबैभन्दा ठूलो सबक भनेकै महिलाहरु आर्थिक रुपमा स्वतन्त्र हुनु आवश्यक छ भन्ने हो ।’

त्यस्तै पत्नी हिरोमी टाकेडा भन्छिन्, ‘यदि मेरा पति घरमा छन् भने मैले केही काम गर्नका लागि स्वतन्त्र महसुस गर्न पाउँदिन जसबाट म तनावग्रस्त हुन्छ । त्यसैले यस प्रकारको बिहेका कारण म त्यस्तो तनाबभन्दा टाढा छु ।’

हिरोमी र हिदेकाजूको एउटा बच्चा पनि छ जो आमासँगै बस्दछ । उनीहरु हप्तामा केवल दुई वा तीनपटक भेट्छन् ।

खासगरी जब हिरोमीलाई बच्चाको हेरचाहमा मद्धतको खाँचो पर्दछ । यो जीवनशैलीले उनीहरु दुवैलाई फाइदा पुगेको छ । तर कतिपय छिमेकीले भने उनीहरुको डिभोर्स भैसकेको होला भन्ने सोँच्दछन् । बिहे गरेपछि सँगै बस्नु आवश्यक हुन्छ भन्ने मानिसहरुको धारणा छ ।

तर हिरोमी टाकेडालाई भने वैवाहिक सम्बन्धमा रहँदा सँगै बस्नु आवश्यक हुँदैन भन्ने लाग्छ । आफु र आफ्ना पति दुवैजना आफूहरूको जीवनबाट सन्तुष्ट रहेको बताउँदै उनी भन्छिन्, ‘हामीले यस्तो खालको बिहे गर्ने निर्णय गर्यो ताकि हामीले सुरक्षित महसुस गर्न सकौं । किनकि यसो गर्दा हामीसँग भावनात्मक रुपबाट हामीलाई समर्थन गर्ने कोही हुन्छ अनि व्यक्तिगत जीवनशैली कायम राख्न पनि सकिन्छ ।’एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*